काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपमहासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् ।
निकट स्रोतका अनुसार भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ ।
उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकाले सो पदबाहेक अन्य पदमा उम्मेदवारी दिन भुसाललाई सुझाव आएको उनी निकट नेताहरुको भनाइ छ । ‘विभिन्न जिल्लाबाट उम्मेदवारी घोषणा गर्न सुझाव आइरहेको छ ।
सोही सुझावअनुसार उम्मेदवारी दिने लगभग निश्चित छ’ भुसालनिकट एक नेताले भने, ‘तर कुन पदमा उम्मेदवारी दिने भन्ने अहिले नै निश्चित भैसकेको छैन । सम्भवत मंगलबारसम्म टुंगो लाग्नेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ मंसिर २०७८, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र
एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो
एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुने, १० हजार स्वयंसेवक परिचालिन गरिँदै
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने
एमाले महाधिवेशन २७ मंसिरदेखि पोखरामा गर्न ओलीको प्रस्ताव