एजेन्सी । चीनले लिुथुआनियासँगको कूटनीतिक सम्बन्ध तोडेको छ । राजधानी भिलनिअसमा तााइवनलाई दूतावास खोल्ने अनुमति दिएपछि चीनले लिुथुआनियासँगको सम्बन्ध तोडेको हो । ताइवानलाई चीनले आफ्नो एउटा अभिन्न प्रान्तको रुपमा व्यवहार गर्दै आएको छ, यद्यपी ताइवानले आफूलाई सार्वभौम सम्पन्न देश ठान्छ ।
आफ्नो अभिन्न अंश भएकोले ताइवानसँग कूटनीतिक सम्बन्ध स्थापित नगर्न बेइजिङले विभिन्न देशलाई दबाब दिँदै आएको छ । ताइवानलाई दूतावास खोल्न अनुमति दिएपछि लिथुआनियासँग क्रुद्ध बनेको चीनले यसअघि नै आफ्ना राजदूत फिर्ता बोलाएको थियो ।
ताइवानले बिहीबार मात्र लिथुआनियामा आफ्नो सम्पर्क कार्यलय खोलेको थियो । युरोप र अमेरिकामा खोलिएका ताइवानका अन्य कार्यलयले राजधानी सहर ताइपेयको नाम उल्लेख गरेपछि बेइजिङ रुष्ट छ । ताइवानले जुनसुकै देशसँग सम्बन्ध स्थापित गरे पनि उ चीनको अभिन्न अंश हो भन्ने कुरा बिर्सन नहुने बेइजिङले ताइवानलाई सचेत गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०६ मंसिर २०७८, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक