गण्डकीमा एक हप्तामा २६५ जना कोरोना सङ्क्रमणमुक्त

रासस

आइतबार, ०५ मंसिर २०७८, २१ : १७
गण्डकीमा एक हप्तामा २६५ जना कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ । गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा २६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने छजनाको मृत्यु भएको छ ।

CG Developers Tansen Cement box

एक हप्ताको अवधिमा १४१ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३२ जना सङ्क्रमणमुक्त भएको र ३१ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र, गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए । 

उनका अनुसार थपिनेमा कास्कीका ३०, तनहुँ र बाग्लुङका तीन÷तीन, स्याङ्जाका दुई, मुस्ताङ, पर्वत र गोरखाका एक÷एकजना रहेको छ ।