मन्त्री गहतराजद्वारा महिला त्रिकेट एकेडमीको शिलान्यास

रासस

आइतबार, ०५ मंसिर २०७८, २० : ५९
मन्त्री गहतराजद्वारा महिला त्रिकेट एकेडमीको शिलान्यास

काठमाडौँ । बाँकेको कोहलपुरमा निर्माण हुने राष्ट्रिय क्रिकेट महिला एकेडमीको युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आज शिलान्यास गरेका छन् । 

प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिसरमा निर्माण हुने आवासीय सुविधासहितको महिला क्रिकेट एकेडमी रु एक अर्ब २२ करोडको लागतमा तीन वर्षभित्र निर्माण सक्ने लक्ष्य निर्धारण गरिएको छ । सो अवसरमा मन्त्री गहतराजले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा परेको बताए । 

मन्त्री गहतराजले एकेडेमी निर्माणका लागि फास्ट ट्र्याकमा डिपिआर तयार भइसकेको जानकारी समयभित्र निर्माणको काम सकिने विश्वास दिलाए । मन्त्री गहतराजले कोहलपुर नगरपालिकाभित्र निर्माण गर्ने भनिएको कोहलपुर खेलमैदानका लागि पनि मन्त्रालयले रु ७० लाख बजेट सुनिश्चित गरेको बताए ।

प्रतिक्रिया दिनुहोस