टिपरको ठक्करबाट एकजनाको मृत्यु

रासस

आइतबार, ०५ मंसिर २०७८, १६ : ५९
टिपरको ठक्करबाट एकजनाको मृत्यु


रुपन्देही । रुपन्देहीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका ७ मा बाटो क्रस गर्ने क्रममा टिपरले ठक्कर दिँदा सोही ठाउँका ६२ वर्षीय सन्तराम लोधको मृत्यु भएको हो ।

प्रहरीका अनुसार लोधले बाटो काट्ने क्रममा बागमती प्रदेश ०३ ००१ क ०२५२ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस