चिनिया राजदुतलाइ भरतपुर महानगरपालिकामा स्वागत

सुजन अधिकारी

सोमबार, १३ कार्तिक २०७४, २० : ०८

चितवन । नेपालका लागि चिनिया राजदुत यु हुलान र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल बिच सोमबार महानगरपालिकाको सभाकक्षमा सिस्टाचार भेटधाट सम्पन्न भयको छ ।
महानगरपालिकाकी प्रमुख रेनु दाहालले राजदुत हुलानलाइ महानगरपािकाको पूर्वाधार बिकास , शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनका साथै आर्थिक सामाजिक क्षेत्रको लागि चिनिया लगानीको अपेक्षारहेको राख्नु भयो ।कार्यक्रममा उप प्रमुख पार्वती शाह प्रमुख प्रसासकिय अधिकृत प्रेमराज जोशी लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा राजदुत लुलानले भरतपुर नेपालकै मध्यभागमा रहेको र यसले बिकासको प्रचुर संभावना बोकेको बताउदै विकासका लागि मोडल सिटी बन्ने सम्भावना देखेकै कारण चिनिया लगानी भित्राउन आफुहरुले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा राजदुत हुलानले पर्यटकीय नगरीको रुपमा विकसित चितवनको पर्यटन क्षेत्रको विकासको लागि आवश्यक सहयोग गर्न इच्छुक रहेको बताउनुभयको थियो ।

भेटधाट कार्यक्रममा प्रमुख दाहालले शि जिनपिडं चिनिया कम्यूनिट पार्टीको महासचिबमा पुन निर्वाचित हुनुभयकोमा महानगरबासीको तर्फबाट बधाइ दिदै शि जिनपिडंको तेत्रित्वले चिनले अझै बिकासमा फड्को मार्ने बिस्वास समेत ब्याक्त गर्नुभयो ।मित्ररास्ट्र चिनले नेपालको पूर्बाधार बिकास ,आर्थिक र सॉस्कृतिक बिकासमा बिगतदेखिनै अतुलनिय सहयोग गर्दै आयको स्मरण गराउदै यसको प्रभाबले नेपाली जनता र चिनियॉ जनताको जनस्तरमै सुमधुर संबन्ध कायम रहेको बताउनुभयो । महानगरको पूर्वाधार विकास लाइ आफुहरुले प्राथमिकतामा राखेको धारणा राख्दै लक्ष हासिल गर्न आन्तरिक स्रोत र साधन मात्र पर्याप्त नहुने भन्दै चिनिया सहयोग आवश्यक रहेको
बताउनुभयो ।

उनले महानगरका योजनाहरू मध्ये करिब एक सय किमी को महानगरिय रिडं रोड र लिंक रोड निर्माण गर्ने पहिलो लक्ष्य रहको जनाउदै उहॉले मित्र राष्ट्र चिन सरकारको सहयोगमा सम्पन्न गर्ने महानगर र महानगर बासीको तिब्र चाहना रहेको समेत स्पष्ट पार्नुभयो । सो अवसरमा राजदुत हुलानलाइ चितवन जिल्ला र भरतपुर महानगरपालिकाको भौगोलिक, आर्थिक, र सामाजिक अवस्थाका बारेमा जानकारी गराइयको थियो ।

प्रतिक्रिया दिनुहोस