काठमाडौँ । माओवादी केन्द्रले पुसमा राष्ट्रिय सम्मेलन गर्ने कार्यतालिकाअनुसार शनिबार देशभर वडा सम्मेलन गर्दै छ । सदस्यता नवीकरण सकेर माओवादीले तल्ला तहका अधिवेशन प्रक्रिया सुरु गरेको हो ।
माओवादीले वडा अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सम्भव नभए निर्वाचनमा जान तल्ला निकायलाई निर्देशन दिएको छ । समूहगत निर्वाचनमा भने जान नपाइने माओवादीले स्पष्ट पारेको छ ।निर्वाचन प्रयोजनका लागि देशभरका ६ हजार ७ सय ४३ वडामा पार्टीको निर्वाचन आयोगले निर्वाचन समिति बनाएको छ ।
यस्ता समिति ७ सय ५३ पालिका र ७ वटै प्रदेशमा पनि गठन भएको माओवादी केन्द्रको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले बताए । माओवादीले मंसिर ११ मा सबै पालिकामा र मंसिर २५ मा सातै प्रदेशमा अधिवेशन सक्ने कार्यतालिका बनाएको छ । अन्तरिम विधान २०७८ ले पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका केन्द्रीय निकायको निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था गरेको छ ।
माओवादीले सदस्यता नवीकरण पनि टुंग्याएको छ । निर्वाचन आयोगका प्रमुख श्रेष्ठले देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेको र अझै बढ्न सक्ने बताए । यसअघि संगठन विभागले गत निर्वाचनमा पाएको मतभन्दा झन्डै दोब्बर पार्टी सदस्य बनाउने महत्त्वाकांक्षी योजना बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ मंसिर २०७८, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यक्ष दाहालद्वारा बुद्ध जयन्तीको शुभकामना
माओवादीले किन दिइरहेछ कोशीलाई असाधारण प्राथमिकता ?
किसानलाई मल र दूधको बक्यौता तत्काल उपलब्ध गराउन माग
करिब एक करोडजनतासँग प्रत्यक्ष संवाद गरिएको दाबी
पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौं : देव गुरुङ
माओवादीले भन्यो-‘शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्यो’