काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भोलि देशभरीका वडाहरुमा नेतृत्व चयन गर्दैछ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वडा सम्मेलनका लागि सबै तयारी पुरा भएको माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए।
आगामी पुस ११—१३ सम्म हुने राष्ट्रिय सम्मेलनको तीव्र तयारीमा भइरहेको र त्यसका लागि निर्वाचन नियमावली २०७८ र निर्वाचन आचारसंहिता २०७८ पनि पारित गरिएको श्रेष्ठले जानकारी दिए।
यस्तै निर्वाचन प्रयोजनका लागि देशभरका ६ हजार ७सय ४३ वडा, ७ सय ५३ पालिका र ७ वटै प्रदेशमा निर्वाचन समितिहरु गठन गरिएको पनि बताइएको छ । आयोगले प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरु समेत गठन गरेको छ।
यस्तै निर्वाचन अनुगमनका लागि केन्द्रीय निर्वाचन आयोगका सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको छ । माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मको सम्मेलन सम्पन्न भएपछि करिब ३ लाख कार्यकताहरु विभिन्न तहमा निर्वाचित हुने जनाएको छ। ८ हजार भन्दा बढी समितिहरु गठन हुनेछन्।
मंसिर ११ गते सम्पूर्ण पालिका र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुने कार्यकतालिका बनाएको छ । माओवादीले करिब ८ लाख संगठित सदस्यले सदस्यता नवीरकण गरेको बताएको छ।७ लाख ३५ हजारले अनलाइनमै इन्ट्री गरिसकिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ मंसिर २०७८, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै