डोजर पल्टिँदा चालकको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०२ मंसिर २०७८, ०८ : २३
डोजर पल्टिँदा चालकको मृत्यु

देउखुरी । बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ । 

सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन् । । बङ्गलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिएको थियो 

प्रतिक्रिया दिनुहोस