नेपालमा विद्युतीय राहदानीको युगमा  प्रवेश

पत्रपत्रिकाबाट

विहीबार, ०२ मंसिर २०७८, ०७ : ४७
नेपालमा विद्युतीय राहदानीको युगमा  प्रवेश

काठमाडौ । नेपालमा विद्युतीय राहदानीको युगमा  प्रवेश  गरेको  छ  ।  बुधबार  परराष्ट्रमन्त्री  डा.  नारायण  खड्काले  एक  समारोहकाबीच शताब्दी पुरुष  तथा  संस्कृतिविद्  सत्यमोहन  जोशीलाई पहिलो विद्युतीय राहदानी प्रदान  गरेपछि  नेपाल  विद्युतीय  राहदानीको युगमा प्रवेश गरेको हो ।

अब नेपाल र यहाँका नागरिक विश्वका  विकसित  मुलुक  सरहको  राहदानी  बोक्ने  देश  र  नागरिक  बनेको छ । योसँगै नेपालमा विद्युतीय राहदानीको औपचारिक प्रचलन सुरु भएको हो ।  त्रिपुरेश्वरस्थित  राहदानी  विभागको  नवनिर्मित  भवनमा आयोजित पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रमलाई  सम्बोधन गर्दै मन्त्री  खड्काले  अब  नेपाली नागरिकले अन्तर्राष्ट्रिय जगतमा छवि उच्च हुने विश्वास व्यक्त गरे ।

विदेश  यात्राका  लागि  जो  जससँग  सम्बन्धित छ भन्ने सिफारिस पत्रको युग, हस्तलिखित राहदानीको युगहुँदै छोटो समयमै नेपालले मेसिनले पढ्ने राहदानी र विद्युतीय राहदानीको यात्रा तय गर्नु आफैंमा निकै ठूलो उपलब्धि भएको उनले बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस