विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सत्तारुढ गठबन्धनबाट मुख्यमन्त्री राईले कांग्रेस, माओवादी केन्द्र लगायतको सर्मथन पाएका हुन् ।
बुधबार प्रदेशभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुँदा पक्षमा ५० मत पाए भने एमालेले विपक्षमा मत हाल्यो । उनको विपक्षमा २९ मत पर्यो । ९२ सदस्यीय प्रदेशसभामा सभामुखबाहेक ७९ जना उपस्थित थिए । विश्वासको मत लिनुअघि तत्कालीन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि राई १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ मंसिर २०७८, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने
मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने