न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वासिंगटनमा रहेको होटेल बिक्री गर्ने भएका छन् । वासिंगटन होटेल बिक्रीका लागि ट्रम्प अर्गनाइजेसनले ३७ करोड ५० लाख डलरमा सम्झौता गरेको छ ।
योजनाअनुसार ट्रम्प इन्टरनेसनल होटेलको नाम परिवर्तन गरेर वालड्रोफ एस्टोरिया राखिनेछ । हिल्टन ग्रुपले होटेल व्यवस्थापनको जिम्मा लिनेछ । गत महिना अमेरिकी संसदीय समितिले गरेको एउटा छानविनमा ट्रम्प राष्ट्रपति हुँदा सो होटेललाई ७ करोड डलर नोक्सानी भएको सार्वजनिक भएको थियो ।
राष्ट्रपतिको कम्पनीले सो होटेललाई सन् २०१६ मा सर्वसाधारणका लागि खुला गरेको थियो । २६३ कोठा भएको सो होटेललाई ट्रम्प संगठनले ६० वर्षअघि लिजमा लिएको थियो । सन् २०१९ पछि होटेल बिक्रीमा राखिएको थियो ।
१२० वर्ष पुरानो होटेल भवन अमेरिकी राष्ट्रपति कार्यलय ह्वाईट हाउसबाट केही माईल टाढा छ । एेतिहासिक ओल्ड पोस्ट अफिस भवनलाई सन् २०१२ मा होटेलको रुपमा विकसित गर्न ट्रम्प अर्गनाइजेसनले स्वीकृति पाएको थियो । त्यसको चार वर्षपछि त्यसलाई होटेलको रुपमा खोलिएको थियो, जतिबेला ट्रम्पले राष्ट्रपतिको उम्मेदवार बनाउने रिपब्लिकन पार्टीको प्रस्ताव स्वीकारेका थिए ।
ट्रम्प राष्ट्रपति हुँदा सो होटेल रिपब्लिकन नेताहरूको भेटघाटको अखडा थियो । होटल विवादमा तानिएको थियो । होटेलका मालिकको राम्रो चरित्र नभएको भन्दै धार्मिक नेताहरुले मदिरा बिक्रीका लागि होटेलले पाएको इजाजत खारेज हुनुपर्ने माग गरेका थिए । कंग्रेसको संसदीय समितिले ट्रम्पले आफ्नो कार्यकालमा होटेल १५ करोड डलरमा फाइदा कमाएको भन्दै बढाइँचढाइँ गरेको हालै निस्कर्ष निकालेको थियो ।
होटेलले ७ करोड डलरमा नोक्सानी गरेको सो समितिले जनाएको थियो । बरु होटेलले विदेशी सरकारहरुबाट ३७ लाख डलरमा प्राप्त गरेको कागजपत्रमा देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०१ मंसिर २०७८, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको आशंका : अब रुस र भारत चीनका पक्षमा
सीले रूस र उत्तर कोरियासँग मिलेर षड्यन्त्र गरिरहेका छन्: ट्रम्प
ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल
युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
युक्रेनबारे ट्रम्प–पुटिन भेटवार्ता आज
ट्रम्प-पुटिन वार्ता हुनुअघि अमेरिका र बेलायतले गरे युक्रेनसँग बैठक