चितवनमा ईसिमोडले गर्यो मौसम सेवा प्रणालीको स्थापना, अब हरेक किसानले मौसम सम्बन्धि पुर्व सुचना सहजै पाउन सक्ने

प्रकाश सिग्देल

बुधबार, ०१ मंसिर २०७८, १२ : ०६
चितवनमा ईसिमोडले गर्यो मौसम सेवा प्रणालीको स्थापना, अब हरेक किसानले मौसम सम्बन्धि पुर्व सुचना सहजै पाउन सक्ने

चितवन । मौसम सेवा प्रणाली स्थापनाका लागि अन्तराष्ट्रिय एकिकृत पर्वतिय विकास केन्द्र (ईसिमोड,) फरवार्ड नेपाल र कृषि ज्ञान केन्द्र चितवनको समन्वयमा चितवनमा कामको थालनी भएको छ ।

जलवायु परिर्वतनको असरका कारण कृषि क्षेत्र र किसानमा परेको असरलाई घटाउदै उत्पादन र उत्पादकत्व बढाउन यो कार्यक्रमको थालनी भएको हो ।  मौसमको पुर्व सुचना कृषककोमा नहुदा भित्राउने बेलाको वालिबाट हुने क्षती लाई कसरी न्युनिकरण गर्ने र क्षती हुनु पुर्वनै वाली थन्क्याउने गरी योजना बनाउन किसानलाई सहज हुने गरी मौसम सेवा प्रणालीको विकास थालिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युबराज पाण्डेले बताए ।  

युके एडको आर्थिक सहयोग, ईसिमोड र ज्ञान केन्द्रकोे प्राबिधिक सहयोगमा  फरवार्डले स्थानिय स्तरमा काम गरेको र यो अन्तिम चरणमा पुगेको उनको भनाई छ ।व्यवहारिक रुपमा किसानको समस्या संग जोडेर मौसम तथा रोग किरा सम्बन्धि जानकारी र अन्य समस्याको जानकारी समयमै दिन सके प्राकृतिक बिपतबाट हुने क्षतिको पहिलै जानकारी पाई किसानले बेलैमा वालिको संरक्षण गर्न सक्ने र यसले उत्पादनबाट धेरै फाईदा लिन सक्ने उनको भनाई छ ।  

बेमौसमी वर्षा हुने असिना आउने जस्ता कुरा पुर्व सुचना हुने भएकाले यो सुचनालाई बेलैमा किसानकोमा पुर्याउन सके उनिहरुले आफनो बालीनाली सुरक्षित गर्न सक्ने र यसले उत्पादन र उत्पादकत्व बढ्ने उनले दाबी गरे ।  यो सुचना प्रणालीको विकास भएको भए अहिले देशैभरी धानबालिमा यति ठुलो क्षती नहुने उनको  भनाई छ ।

यस पटकको पानीका कारण चितवनमा १२ प्रतिसत बढि धानबालिमा क्षती भएको उनले बताए ।स्थानिय स्तरमा आउन सक्ने समस्या को पहिचान गरी डिजिटल सुचना प्रणालीमा पठाउने र त्यसबाट आएका सुचनालाई किसानकोमा सहजै पठाउन मिल्ने गरी आफुहरुले कृषि ज्ञान केन्द्र चितवनमा डिजिटल सुचना बोर्ड समेत स्थापना गरेको अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र  (ईसिमोड)की कार्यक्रम संयोजक डा मन्दिरा सिहं श्रेष्ठले बताईन् ।  त्यसले गर्दा  सबै किसानहरुलाई समयमै पुर्व सुचना दिन सकिने प्रणालिको विकास भएको उनी बताउँछिन् ।

कृषि बिज्ञहरु र कृषि क्षेत्रमा काम गर्ने सरकारी अधिकारीहरुलाई दुई दिने क्षमता अभिबृद्धि कार्यक्रम गरेको र डिजिटल सुचना बोर्ड मार्फत ग्रामिड स्तरमा मौसम सम्बिन्धि सुचनाको पुर्व जानकारी समयमै प्रभावकारी रुपमा प्रवाह गर्ने कार्यक्रमको उद्देश्य रहेको उनको भनाई छ ।

किसानलाई सुचना दिने फिल्डबाट कसरी सुचना संकलन गर्ने भन्ने बिषयमा रत्ननगर खैरहनी,माडि र कालिका नगरपालिकाका कृषि अधिकृतहरुलाई स्थानिय स्तरको सुचना कसरी डिजिटल बोर्डमा समावेश गर्ने र त्यसलाई कसरी किसान समक्ष प्रभावकारी रुपमा दिने भनेर तालिम सन्चालन गरेको डा.मन्दिरा सिहं श्रेष्ठले बताईन् । सहभागि सरकारी अधिकारी र अन्य प्राविधिक बिज्ञलाई कृषि विश्व बिद्यालयका कृषि बिज्ञ , नार्क का कृषि बिज्ञहरुले तालिम प्रदान गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस