नेपाली कांग्रेसमहाधिवेशन प्रतिनिधिले नामावली दर्ता चर्को शुल्क तिर्नुपर्ने

सफल खबर संवाददाता

सोमबार, २९ कार्तिक २०७८, २० : ३९
नेपाली कांग्रेसमहाधिवेशन प्रतिनिधिले नामावली दर्ता चर्को शुल्क तिर्नुपर्ने

काठमाडौँ । काँग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिले नामावली दर्ता गराउन एकैपटक ३ हजार रुपैयाँ तिर्नुपर्ने  भएको छ । काँग्रेसले आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएको हो । 

‘केन्द्रीय महाधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्क वापत रु ३,००० (तीन हजार) बुझाउनु पर्नेछ’, निर्णयमा भनिएको छ । काँग्रेसको १४ औं अधिवेशन मंसिर २४–२६ गते काठमाडौंमा हुँदैछ । 

काँग्रेसले महाधिवेशनका लागि बनायो यस्ता समिति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न ९ वटा समिति गठन गरेको छ ।  जसअनुसार सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन तयारी मूल समिति गठन गरिएको छ ।

यसैगरी ज्ञानेन्द्र बहादुर कार्की संयोजक रहेको अर्थ संकलन समिति, विश्वप्रकाश शर्माको संयोजकत्वमा प्रचार प्रसार समिति, सुरेन्द्र पाण्डेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन समिति, प्रकाशशरण महतको संयोजकत्वमा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति गठन गरिएको छ । यसैगरी उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समितिको संयोजनको जिम्मेवारी काठमाडौं जिल्ला कमिटीलाई दिइएको छ । मोहन बस्नेतलाई स्वास्थ्य समिति र स्वयंसेवक व्यवस्थापन समितिको जिम्मेवारी धनबहादुर मास्कीलाई दिइएको छ । 

१। महाधिवेशन तयारी मूल समिति
संयोजक ः– सभापति श्री शेरबहादुर देउवा
सदस्यहरु ः– केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, आमन्त्रीत केन्द्रीय सदस्यहरु, संघीय संसदका सदस्यहरु, सातवटै प्रदेशका प्रदेश संसदीय दलका नेताहरु

२। अर्थ संकलन समिति ः–
संयोजक ः– केन्द्रीय सदस्य मा। ज्ञानेन्द्रबहादुर कार्की
सदस्य ः– संयोजकले आवश्यकता अनुसार तोक्ने

३। भोजन तथा आवास व्यवस्थापन समिति
संयोजक ः– केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे
सदस्य ः– संयोजकले आवश्यकता अनुसार तोक्ने

४। विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति
संयोजक ः– सहमहामन्त्री डा। प्रकाशशरण महत
सदस्य ः– संयोजकले आवश्यकता अनुसार तोक्ने

५। प्रचार प्रसार समिति
संयोजक ः– प्रवक्ता विश्वप्रकाश शर्मा
सदस्य ः– संयोजकले आवश्यकता अनुसार तोक्ने

६। उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समिति
संयोजक ः– काठमाण्डौ जिल्ला सभापति
सदस्य ः ललितपुर र भक्तपुर जिल्ला सभापति
९संयोजकले आवश्यकता अनुसार अन्य सदस्य तोक्ने०

७। स्वास्थ्य समिति
संयोजक ः– केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत
सदस्य ः– संयोजकले आवश्यकता अनुसार तोक्ने

८। सांस्कृतिक समिति
संयोजक ः– केन्द्रीय सदस्य सीता गुरुङ्ग
सदस्य ः– संयोजकले आवश्यकता अनुसार तोक्ने

९। स्वयंसेवक व्यवस्थापन समिति
संयोजक ः– नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्की राना
सदस्य ः– संयोजकले आवश्यकता अनुसार तोक्ने

काँग्रेस प्रदेश प्रतिनिधिले कति तिर्नुपर्छ शुल्क ?
नेपाली काँग्रेसले प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिले नाम दर्ता गर्दा तिर्नुपर्ने शुल्क तोकेको छ । काँग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले २ हजार रुपैयाँ शुल्क तोकेको हो।   बैठकले सातवटै प्रदेश अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस