सिद्धि स्मृति प्रतिष्ठानलाई हिमालयन बैंकको सहयोग

सफल खबर संवाददाता

सोमबार, २९ कार्तिक २०७८, १४ : ३१
सिद्धि स्मृति प्रतिष्ठानलाई हिमालयन बैंकको सहयोग

काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर उपमहानगर पालिका, भिमसेनस्थान–७ स्थित “सिद्धि स्मृति प्रतिष्ठान - सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ । 

बैंकले सहयोग स्वरुप उक्त अस्पताल तथा बृद्धाश्रमलाई बाह्र हजार थान बहिरङ्ग दर्ता किताब प्रदान गरेको हो । वि.सं. २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै एक प्रतिष्ठित अस्पताल हो । अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पतालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ ।  

बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक विपिन हाडाले उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानका प्रशासन प्रमुख अनिल राजभण्डारीलाई एक समारोहका बीच हस्तान्तरण गरे ।