पेरिस । फ्रान्समा राष्ट्रपति कार्यलयमा एक महिला सैनिकमाथि भएको बलात्कारबारे अनुसन्धान सुरू भएको छ । राष्ट्रपति कार्यलयमा आयोजित मदिरापान कार्यक्रममा एक महिला सैनिकले आफूमाथि याैन दुर्व्यबहार भएको बताएकी थिइन् । बलात्कार गर्ने व्यक्ति पनि सैनिक नै रहेको जनाइएको छ ।
एक वरिष्ठ सैनिक अधिकारीको बिदाई कार्यक्रममा आफ्नै सहकर्मीले बलात्कार गरेका थिए । कार्यक्रममा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रो पनि सहभागी थिए । जुलाई १ मा आयोजित कार्यक्रममा राष्ट्रपति म्याँक्रोले आफ्नो भनाई राखेर निस्कएपछि मदिरापानको कार्यक्रम चलेको थियो । कार्यक्रममा एक पुरुष सहकर्मीले बलात्कार गरेको ती महिला सैनिकको भनाई छ । घटना भएको भोलिपल्ट उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।
आरोपित व्यक्तिमाथि छानविन भएको छ । तर, उनीबिरुद्ध मुद्दा भने चलाइएको छैन् । आफ्नै सहकर्मीले महिला सैनिक बलात्कार गरेको विवरण शुक्रबार मात्र सार्वजनिक भएको थियो । पीडित महिला र आरोपित व्यक्ति दुबै जना राष्ट्रपति भवनको सुरक्षा अधिकारीको कार्यालयका कर्मचारी हुन् । उनीहरूबीच लामो चिनजान थियो । फ्रान्सेली कानुनअनुसार सहमतिमा यौन सम्बन्ध राख्न १५ वर्ष पूरा हुनुपर्छ । फ्रान्समा पछिल्लो समयमा यौन दुर्व्यबहारका घटना बढेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २८ कार्तिक २०७८, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट
फ्रान्सको सरकार ३ महिनामै ढल्यो