साझा उम्मेदवार नभए पार्टी देउवालाई बुझाए हुने : कोइराला

सफल खबर संवाददाता

शुक्रबार, २६ कार्तिक २०७८, १९ : २३
साझा उम्मेदवार नभए पार्टी देउवालाई बुझाए हुने : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संस्थापन इतरबाट साझा उम्मेदवाको खोजी जारी रहेको बताएका छन् । पौडेल समूहको शिर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिकृया दिँदै महामन्त्री कोइरालाले समूहबाट साझा उम्मेदवार खोज्न नसके पार्टी शेरबहादुर देउवाको हातमा पुनः जाने बताए ।

आजको बैठकमा साझा उम्मेद्वार खोज्नुपर्ने विषयमा पनि छलफल भएको कोइरालाको भनाइ छ । उनले ४ जना सभापतिको आकांक्षी एक ठाउँमा राखेर गम्भीर वार्ता गर्ने हो भने सहमति निस्कने संकेत पनि गरे । “चार जनालाई एक ठाउँमा राखेर कुरा गर्दा सहमति निस्कन सक्छ, केन्द्रीय कार्यसमिति बैठक पश्चात् त्यो काम होला,” उनले भने ।

“एक जना सभापतिको उम्मेदवार नभए फेरि पार्टी शेरबहादुरजी लाई हामीले बुझाए हुन्छ,” उनले भने । १४औँ महाधिवेशनका लागि समूहबाट आफूहरू ४ जना केन्द्रीय सभापतिको आकांक्षी रहेको पनि उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस