एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा हिमालयन बैंक आबद्ध, पहिलो चरणमा नेपाल पे क्युआर सेवा

सफल खबर संवाददाता

शुक्रबार, २६ कार्तिक २०७८, १४ : ५१
एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा हिमालयन बैंक आबद्ध, पहिलो चरणमा नेपाल पे क्युआर सेवा

काठमाडौं। हिमालयन बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बिच नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्यूआर सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

एनसीएचएलले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपाल पे क्युआर संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुबिधाहरु उपलब्ध गराउन हिमालयन बैंकसँग सम्झौता भएको हो। 

सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन भएको छ। नेशनल पेमेन्ट स्वीचले ल्याएको नयाँ सुबिधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ कारोबार पुरा गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

ग्राहकले नेपाल पे क्युआर उपलब्ध भई संचालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरलरुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको क्युआर मार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन्। यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीच मार्फत एनसीएचएलले उपलब्ध गराउने अन्य सेवाहरु पनि क्रमिक रुपमा उपलब्ध गराउने छ। 

नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई संचालनमा आएको नेपाल पे क्युआर उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकोले बैंकका ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने विज्ञप्तिमा जनाइएको छ। यो प्रणालीमा आवद्ध भएपछि ग्राहकले नगदै भुक्तानी गर्नु पर्ने झण्झटबाट मुक्त हुनेछन्। 

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र  नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।