काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गर्दै आएको समूहमा विवाद सिर्जना भएको छ । आसन्न १४ औं महाधिवेशनको नेतृत्व चयनका लागि तयारी गरिरहेको पौडेल समूहबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह बाहिरिएका छन् ।
महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका सिंहले आजका लागि वरिष्ठ नेता पौडेलले बसुन्धरास्थित दियालो फुडल्यान्डमा दिउँसो बोलाएको संस्थापनइतर समूहका केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकलाई बहिस्कार गर्ने भएका हुन् । पछिल्लो समय वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिंहबीचको सम्बन्ध चिसिएपछि समूहमा खटपट आएको हो ।
मन्त्रिमण्डल विस्तारका क्रममा मन्त्रीका लागि गरिएको नाम सिफारिसमा आफूसँग छलफल नै नगरेको भन्दै उनी असन्तुष्ट छन्। सिंहले काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजेन्द्रकुमार केसीलाई मन्त्री बनाउन चाहेका थिए तर, पौडेल पक्षले दिलेन्द्रप्रसाद बडुलाई मन्त्रीमा पठाए । त्यसबारे कुनै छलफल नभएको भन्दै सिंह पछिल्लो समय पौडेलविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ कार्तिक २०७८, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह