पोर्तुगल आयरल्याण्डसँग बराबरीमा रोकियो

सफल खबर संवाददाता

शुक्रबार, २६ कार्तिक २०७८, १२ : ०२
पोर्तुगल आयरल्याण्डसँग बराबरीमा रोकियो

एजेन्सी । फिफा विश्वकप छनोट खेलमा पोर्तुगल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा पोर्तुगल आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही गोलको अवसर सिर्जना गरेपनि गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । घरेलु टोली आयरल्याण्डसँग १० खेलाडीमा समेटिएको पोर्चुगलले गोलरहित बराबरी खेल्दै अंक बाड्यो ।

पोर्चुगलका डिफेन्डर पेपे रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पोर्चुगलले अन्तिम १० मिनेट १० खेलाडीमा सिमित थियो ।यो बराबरीपछि पोर्चुगल ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान १७ अंक नै रहेपनि सर्विया गोल अन्तरमा दोस्रो स्थानमा छ । यो बराबरीपछि पोर्चुगलले विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ ।

छनोटको अन्तिम खेलमा सर्वियासँग बराबरीमा रोकिएपनि पोर्चुगल विश्वकपको लासग छनोट हुनेछ । हारले भने प्ले अफ खेल्नुपर्ने हुन्छ । यि दुई टोलीबीचको खेल आइतबार राति हुँदैछ ।

प्रतिक्रिया दिनुहोस