मालेबाट ४ जना निष्काशित

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, १९ : २८
मालेबाट ४ जना निष्काशित

नेकपा (माले) मा का ४ नेतालाई पार्टीबाट निष्काशनको घोषणा गरिएको छ ।  

मालेले कुल प्रसाद फुयाँल,  शंकर पोखरेल, श्याम राई र कारी यादवलाई पार्टीबाट निष्काशनको घोषणा गरेको हो । कार्तिक २४ गतेदेखि पोलिटब्युरो र केन्द्रीय सदस्यको भूमिकामा रहेका उनीहरु पार्टीबाट पलायन भएको मालेको भनाइ छ । उनीहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस