मकवानपुर । अवैध लागुऔषध गाँजासहित प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई १२२ किलोग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–९ जयसिंहस्ती पूर्व–पश्चिम लोकमार्गबाट उक्त परिमाणको गाँजासहित उनलाई पक्राउ गरेको हो । पक्राउ परेका मुक्तानमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २४ कार्तिक २०७८, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ