लिपुलेक-कालापानी क्षेत्रमै पुगेर जनगणना गरिने, नभए सेटलाइटबाट

सफल खबर संवाददाता

बुधबार, २४ कार्तिक २०७८, १४ : २६
लिपुलेक-कालापानी क्षेत्रमै पुगेर जनगणना गरिने, नभए सेटलाइटबाट

काठमाडौं । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको पनि जनगणना हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार पत्रकार सम्मलेन गरेर सो क्षेत्रमा जनगणना हुने बताएको हो ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सुरुमा कूटनीतिक माध्यमबाट सोही क्षेत्रमा गएर नै जनगणना गर्ने बताए । त्यो सफल नभए वा भारतले अनुमति नदिएको खण्डमा सेटलाइटका माध्यमबाट जनगणना गर्ने विभागको तयारी छ । 

‘उक्त क्षेत्रमा जनगणनाको लागि भारतसँग कूटनीतिक पहल भइरहेको छ, त्यो असफल भए सेटलाइटका माध्यमबाट भए पनि औसत निकालेर सो क्षेत्रमा रहेको जनसंख्याको तथ्यांक ल्याउनेछौँ ।’ श्रेष्ठले भने । राष्ट्रिय जनगणना भोलिदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण जनगणना केही समय ढिला भएको थियो ।

प्रतिक्रिया दिनुहोस