काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् । साथै उनले राजनीतिक समन्वय समिति आवश्यक नरहेको धारणा पनि राखेका छन् । गणेशमान सिंहको १०७औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले सो धारणा राखेका हुन् ।
न्यायालयमा देखिएको समस्याको कारण जनतालाई असुविधा भएको भन्दै उनले भने, ‘कुनै व्यक्तिको स्वार्थका लागि जनताले दुःख पाइरहेका छन्, संविधानको भावना र मर्म अनुसार विधिसम्मत तरिकाले यो समस्या समाधान गर्नु पर्दछ । अब यसका लागि सरकार नै अग्रसर हुनु पर्दछ ।’
न्यायालयमा देखिएका समस्या त्यहीभित्रबाट समाधान होस् भनेर मात्र नहुने उनले बताए । ‘सरकार यस विषयमा मुकदर्शक भएर बस्न मिल्दैन,’ उनले भने, ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न ।’
‘न्यायालयमा देखिएका समस्या त्यहीं भित्रबाट समाधान होस् भनेर मात्र हुँदैन । सरकार यस विषयमा मुकदर्शक भएर बस्न मिल्दैन,’ उनले भने, ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न ।’अर्को एक प्रसंगमा उनले सत्ता गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताए ।
सरकारका कामकाजमा सहज बनाउन भन्दै सत्तारुढ दलहरुले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति बनाएका छन् ।तर कांग्रेसकै नेता सिंहले भने सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत अनुसार समिति बनाइएको भन्दै उनले त्यसको औचित्य नरहेको बताए ।
नेता सिंहले भने, ‘काम त सरकारले गर्नुपर्ने हो । तर समन्वय समिति बनाइएको छ । अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन ।’‘नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ । प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ कार्तिक २०७८, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह