कामना सेवा बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न, १९.४७ प्रतिशत लाभाँश वितरण गर्ने

सफल खबर संवाददाता

मंगलबार, २३ कार्तिक २०७८, २१ : ३६
कामना सेवा बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न, १९.४७ प्रतिशत लाभाँश वितरण गर्ने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभा काठमाडौं बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको छ  । 

कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित कानून अनुसार बोलाइएको वार्षिक साधारण सभा कोभिड–१९ को प्रभाव कायमै रहेको हुंदा नेपाल सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्स तथा भौतिक उपस्थितिको माध्यमबाट सञ्चालन गरिएको थियो । 

साधारणसभामा बैंकको चुक्तापूँजीको झण्डै ५४.७४प्रतिशत भन्दा बढी शेयर धनीको प्रतिनिधित्व हुने गरी २५० जनामात्र शेयरधनीको  उपस्थिति रहेको थियो भने १०० जनाभन्दा बढी शेयरधनीहरु श्ययm ध्भदष्लबचमार्फत जोडिएका थिए । 

साधारणसभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीरु.२,६५,१९,६३,७३१.५९ को १८.५० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमालाग्ने कर प्रयोजनार्थ ०.९७ प्रतिशत समेत गरी कुूल १९.४७ प्रतिशत लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्तावपारित गरेको छ । 

प्रतिक्रिया दिनुहोस