काठमाडौं । राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आन्दोलनको बलमा राप्रपाले राजसंस्था पुनःस्थापित गर्ने बताएका छन् । सोमबार राप्रपा सर्लाहीको जिल्ला अधिवेशनलाई मलंगवामा सम्बोधन गर्दै डा.लोहनीले दलीय सिन्डिकेटले देशमा लुटतन्त्र र भ्रष्टाचार मौलाएको दावी गरे ।
प्रजातन्त्रको मुल आधार शक्ति सन्तुलन र नियन्त्रणको सिद्धान्तबाट नेपाली काँग्रेस तथा कम्युनिस्टहरु च्युत भएको जिकिर गर्दै लोहनीले प्रजातन्त्रको रक्षार्थ पनि राजसंस्था आवश्यक भएको तर्क गरे । राजसंस्था हिजोभन्दा आज झन् सान्दर्भिक देखिएको बताउँदै लोहनीले नेपाललाइ हिन्दुराष्ट्र बनाउनबाट कसैले रोक्न नसक्ने जिकिर गरे ।
काँग्रेस, कम्युनिस्टसँगै मधेसवादी दलहरु समेत असफल भएको दावी गर्दै अध्यक्ष लोहनीले मुलुकको नेतृत्व राप्रपाले गर्नु पर्ने समेत बताए । अदालतको गाईजात्रा र निरीह संसदले प्रजातन्त्रको खिल्ली उडाएको बताउँदै लोहनीले यो व्यवस्थाको असफलताको लक्षण भएको समेत बताए ।
अर्को प्रसंगमा लोहनीले आउँदो महाधिवेशनले राप्रपालाई सही नेतृत्व दिने बताउँदै कार्यकर्ताले सही नेतृत्व चुन्नुपर्नेमा जोड दिए । सांसद राजेन्द्र लिंदेनलगायतका केन्द्रीय नेताहरुसमेतको सहभागिता रहेको अधिवेशनले सत्य नारायण यादवको नेतृत्वमा ४१ सदस्य जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ कार्तिक २०७८, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै राप्रपालाई ज्ञापनपत्र
राप्रपा नेपालको निम्तो मान्न पुगे लिङ्देन
एमालेको कार्यक्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको भन्दै राप्रपाले जनायो आपत्ति
६ बुँदे मागसहित काठमाडौँ प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघर-नयाँ बानेश्वर सडकमा राप्रपाको प्रदर्शन (तस्वीरहरू)
राप्रपा आन्दोलनको रणनीति फेरियो, अब बानेश्वरमा मात्र केन्द्रित