काठमाडौं । राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आन्दोलनको बलमा राप्रपाले राजसंस्था पुनःस्थापित गर्ने बताएका छन् । सोमबार राप्रपा सर्लाहीको जिल्ला अधिवेशनलाई मलंगवामा सम्बोधन गर्दै डा.लोहनीले दलीय सिन्डिकेटले देशमा लुटतन्त्र र भ्रष्टाचार मौलाएको दावी गरे ।
प्रजातन्त्रको मुल आधार शक्ति सन्तुलन र नियन्त्रणको सिद्धान्तबाट नेपाली काँग्रेस तथा कम्युनिस्टहरु च्युत भएको जिकिर गर्दै लोहनीले प्रजातन्त्रको रक्षार्थ पनि राजसंस्था आवश्यक भएको तर्क गरे । राजसंस्था हिजोभन्दा आज झन् सान्दर्भिक देखिएको बताउँदै लोहनीले नेपाललाइ हिन्दुराष्ट्र बनाउनबाट कसैले रोक्न नसक्ने जिकिर गरे ।
काँग्रेस, कम्युनिस्टसँगै मधेसवादी दलहरु समेत असफल भएको दावी गर्दै अध्यक्ष लोहनीले मुलुकको नेतृत्व राप्रपाले गर्नु पर्ने समेत बताए । अदालतको गाईजात्रा र निरीह संसदले प्रजातन्त्रको खिल्ली उडाएको बताउँदै लोहनीले यो व्यवस्थाको असफलताको लक्षण भएको समेत बताए ।
अर्को प्रसंगमा लोहनीले आउँदो महाधिवेशनले राप्रपालाई सही नेतृत्व दिने बताउँदै कार्यकर्ताले सही नेतृत्व चुन्नुपर्नेमा जोड दिए । सांसद राजेन्द्र लिंदेनलगायतका केन्द्रीय नेताहरुसमेतको सहभागिता रहेको अधिवेशनले सत्य नारायण यादवको नेतृत्वमा ४१ सदस्य जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ कार्तिक २०७८, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग