काठमाडौं । सशस्त्र प्रहरी बलले आज कञ्चनपुरको दक्षिणी क्षेत्रबाट अजिङ्गर उद्धार गरी वनको जिम्मा लगाएको छ ।
यहाँस्थित बेलौरी नगरपालिका–६ भुराकोटको नेपाल–भारत सीमा क्षेत्रबाट सात फिट लामो अजिङ्गर जीवितै उद्धार गरी कुन्डा सड डिभिजन वन कार्यालयको जिम्मा लगाएको सशस्त्र प्रहरी बल नं ३५ हेटक्वार्टर शैलेश्वरीले जनाएको छ ।
“दशगजा क्षेत्रमा अजिङ्गर रहेको खबर पुग्नासाथ हाम्रो टोलीले उद्धार गरी वन कर्मचारीको जिम्मा लगाएको हो”, सशस्त्र प्रहरी बल नं ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले भने, “सीमाको सुरक्षासँगै वन्यजन्तुको उद्धारमा पनि हामी सक्रिय छौँ ।”

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २१ कार्तिक २०७८, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन
सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य
सीमा क्षेत्रमा सुरक्षा कडा, आपराधिक गतिविधि देख्नेबितिकै खबर गर्न सशस्त्र प्रहरीको अनुरोध
सशस्त्र प्रहरीमा ८४६ जनाको लागि खुल्यो जागिर