थप १४३ जनामा कोरोनाभाइरस संक्रमण, ९ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २१ कार्तिक २०७८, १६ : ०२
थप १४३ जनामा कोरोनाभाइरस संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप १४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९ सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सोही अवधिमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ५६३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाभाइरस संक्रमितको कुल संख्या ९ लाख भन्दा बढी पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ । यस्तै कूल ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ जना छन् । जसमध्ये ७ हजार १२४ जना होम आइसोलेसनमा छन् भने ५८९ जना संस्थागत आइसोलेसनमा छन् । आईसीयूमा १९७ जना र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया दिनुहोस