लाली स्वास्थ्यचौकीमा औषधि अभाव

रासस

आइतबार, २१ कार्तिक २०७८, १० : ४१
लाली स्वास्थ्यचौकीमा औषधि अभाव

काठमाडौँ । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ स्थित लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ ।

सरकारले निःशुल्क वितरण गर्ने  औषधि अभाव हुँदा बिरामी समस्यामा परेका जनाइएको छ । 

मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयवासी विर्जन शाहीले जानकारीदिए  । उनले  भने , “स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भन्दै फिर्ता पठाउने गरेका छन् ।”

दैनिक स्वास्थ्यचौकीमा १५ देखि २० जनासम्म बिरामी उपचार गर्न जाने बताइएको छ ।  पछिल्लो समय ‘सिजनल फ्लु’का कारण सो स्वास्थ्य सस्थामा बिरामी बढेका छन् ।