काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकप्रिय नेता चुनिएका छन् ।
अमेरिकाको डेटा इन्टेलिजेन्स फर्म द मर्निङ कन्सल्टको सर्वेक्षणअनुसार मोदीले रेटिङमा अमेरिकी राष्ट्रपति जो बाइडेन तथा ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनसहित अन्य शक्तिशाली १३ राष्ट्र प्रमुखलाई पछि पार्दै लोकप्रिय नेता चुनिएका हुन् ।
सर्वेक्षणमा मोदीले कुल ७० प्रतिशत मत पाएका छन् । अन्तिम ५ मा मोदीपछि मेक्सिकन राष्ट्रपति आन्द्रे म्यानुएल लोपेज रहेका छन् ।
यस्तै इटालीका प्रधानमन्त्री मारियो द्राघी, जर्मन चान्सलर एन्जेला मर्केल अमेरिकी राष्ट्रपति जो बाइडेनसमेतलाई मोदीले पछि पारेका हुन् । मोदीले ७० प्रतिशत मत पाउँदा बाइजेनले ४४ प्रतिशत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ कार्तिक २०७८, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'