चितवनमा राती ९ बजेपछी देउसी भैलो खेल्न नपाईने

सफल खबर संवाददाता

विहीबार, १८ कार्तिक २०७८, १२ : ३४
चितवनमा राती ९ बजेपछी देउसी भैलो खेल्न नपाईने

चितवन ।  चितवनमा राती ९ बजेपछी देउसी भैलो खेल्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलो लगायतका कार्यक्रम राति ९ बजेपछी खेल्न नपाईने जनाएको छ ।

प्रशासनले एक सूचना जारी गर्दै चाडपर्वलाई मर्यादित अनुशासित रूपमा र कोभिड सुरक्षाको मापदण्ड पालना गरी देउसी–भैलोजस्ता कार्यक्रम राति ९ बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको हो ।

यसैगरी प्रशासनले पटका, आतिसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवं बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

जुवातास सट्टेबाजी लगाएतका खेल नखेल्न नखेलाउन, चिठा उपहार लगाएतका कार्यक्रम नगर्न, मेला, महोत्सब, प्रदर्शनी आयोजना गर्दा पुर्व स्वीकृती लिई तोकिएका सर्त पालना गर्न, होटल किराना पसलले तोकिएको मुल्य राख्न, कुनै कार्यक्रम गर्दा उतेजक तरिकाले नगर्न, अनिवार्य कोभिड १९ को मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस