काबुलको सैन्य अस्पतालमा विष्फोट र आक्रमण : २० जनाको मृत्यु, १६ घाइते

एजेन्सी

विहीबार, १८ कार्तिक २०७८, ११ : ४२
काबुलको सैन्य अस्पतालमा विष्फोट र आक्रमण : २० जनाको मृत्यु, १६ घाइते

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको एक सैैनिक अस्पतालमा गराइएको विस्फोट र आक्रमणमा परी २० जनाको मृत्यु भएको छ । काबुस्थित सर्दार खान सैनिक अस्पतालमा गराइएको विस्फोटमा परी १६ जना घाइते भएका छन् ।

अस्पताल बाहिर विस्फोट गराएपछि बन्दुकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए । आक्रमणको जिम्मा अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस–के ले लिएको छ ।

विस्फोटपछि घटनास्थलमा धुवाँको मुस्लो निस्किएको भिडियो सामाजिक संजालहरुमा देखाईएको छ । दुई ओटा विस्फोट मध्ये एउटा विस्फोट आत्मघाती भएको अस्पतालका डा।सहिद अहदले जानकारी दिनुभयो । तालिबानले राजधानी काबुल कब्जा गरेपछि आईएसले अफगानिस्तानमा हिंसात्मक हमलाहरु गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस