काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको चुनाव आफ्नै समयमा हुने बताएका छन् ।
मध्यपुर थिमि नगर कमिटीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले चाँडै चुनाव हुन्छ भनेर भ्रममा नपर्न आग्रह गरेका हुन् । ‘कसैले भ्रम नपाले हुन्छ आजै चुनाव हुन्छ, छिटै चुनाव हुनेवाला छैन । संघीय संसदको चुनाव आफ्नै समयमा हुनेछ,’ उनले भने ।
नेता नेपालले आगामी चुनावमा पाँच दलको गठबन्धन बलियो हुने दाबी गरे । ‘पाँच दलको गठबन्धन बलियो हुनेछ । पाँच दलीय गठबन्धन कसैले भत्काउन सकिँदैन,’ उनले भने ।
अब केही समयमा राष्ट्रियसभाको, स्थानीय तहको र रिक्त स्थानमा संघीय उपनिर्वाचन हुन लागेको भन्दै नेता नेपालले कलम छाप चिन्ह भएको एकीकृत समाजवादीको विजयी अभियान अगाडि बढ्दै जाने जिकिर गरे ।
‘कलम छापको अभियान अघि बढ्दै जान्छ । पार लगाइन्छ जितिन्छ सफलता हात पारिन्छ,’ उनले भने, ‘निर्वाचनको मैदानमा विभिन्न ठाउँको आंकलन गरिरहेका छौं । हामी जित्नेछौं । हामीसँग इर्स्या गर्नेहरुको हालत खत्तम हुनेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ कार्तिक २०७८, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जेन जेडको माग संविधानको खारेजी र संसद्को विघटन थिएन’: माधव नेपाल
हाम्रो पार्टीको अहिलेको ठूलो समस्या ओली हुन्: माधव नेपाल
‘नेपालको कम्युनिस्ट आन्दोलन संकटको अवस्थामा’: माधव नेपाल
दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवादविरुद्ध हाम्रो विद्रोह: माधव नेपाल
यो पार्टीले गरिखाँदैन भन्नेलाई ठाउँ छैन, हाम्रो पार्टीको भविष्य छ : माधव नेपाल
हाम्रो पार्टीले उथलपुथल ल्याउनसक्छ: माधव नेपाल