न्यायालयको समाधान गर्न संसद अघि सर्नुपर्छ : डा. बाबुराम भट्टराई

सफल खबर संवाददाता

विहीबार, १८ कार्तिक २०७८, ११ : ०३
न्यायालयको समाधान गर्न संसद अघि सर्नुपर्छ  : डा. बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघयि परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायालयको समाधान गर्न संसद अघि सर्नुपर्नेमा जोड दिएका छन् । 

न्यायालयको विवाद दिन प्रति दिन उग्र भईरहदा पनि दलहरु मौन रहेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक संजाल ट्वीटर मार्फत प्रतिक्रिया व्यक्त गरेका छन् । ट्वीटरमा उनले न्यायालयको गल्ती ढाकछोप गर्न नहुनेमा जोड दिँदै अदालतको समस्या समाधान गर्न  संसद अघि सर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्, ‘शास्त्रले ‘सत्यं ब्रुयात प्रियं ब्रुयात न ब्रुयात सत्यमप्रियं’ भनेपनि तैं चूप मैं चूप समस्याको समाधान हैन,’ भट्टराईले भनेका छन्, ‘राज्यरसमाजका अरू अंगले गल्ती गर्दा सच्याउने न्यायापालिकाले स्वयं वा कार्यपालिकासंगको मिलिमतोमा गल्ती गर्दा कसले सच्याउने ? कि आफैले नत्र व्यवस्थापिकाले हैन र ? गल्ती ढाकछोप नगरौं ।’

प्रतिक्रिया दिनुहोस