राजनीतिक लबिइङ गर्दै प्रधानन्यायाधीश जबरा

पत्रपत्रिकाबाट

विहीबार, १८ कार्तिक २०७८, ०७ : ५७
राजनीतिक लबिइङ गर्दै प्रधानन्यायाधीश जबरा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सम्भावित महाअभियोगबाट बच्न राजनीतिक ‘लबिइङ’ मा लागेका छन् । आफूलाई हटाएर दोस्रो वरीयताका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन न्यायालयभित्र आन्दोलन चलिरहेको व्याख्या गर्दै जबरा आफ्नो सम्पर्कमा रहेका नेताहरूमार्फत राजनीतिक समर्थन जुटाउन सक्रिय बनेका हुन् ।

‘प्रधानन्यायाधीश जबराले अहिले भइरहेको आन्दोलन एउटालाई हटाएर अर्कोलाई प्रधानन्यायाधीश बनाउनकै निम्ति भएको भनेर नेताहरूलाई भन्दा रहेछन । नेताहरूले उनैको कुरामा बढी विश्वास गरेजस्तो व्यवहार देखिन्छ,’ कांग्रेसका एक नेताले भने ।

मन्त्रिपरिषद् र संवैधानिक आयोगमा भाग लिएको जस्ता विषयलाई लिएर सर्वोच्च अदालतका न्यायाधीश, नेपाल बार एसोसिएसन, नागरिक समाज र राजनीतिक दलका संस्थापनइतर समूहका नेताहरूले राजीनामा मागिरहेका बेला स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले सत्तारूढ दल र प्रमुख विपक्षी एमालेका नेताहरूसँग नियमित जस्तो कुराकानी गरिरहेको स्रोतले जनाएको छ ।

सर्वोच्चका एक न्यायाधीशले न्यायालयमै न्यायाधीशहरूलाई विभाजन गर्न सकिन्छ कि भनेर जबराले थरीथरीका प्रस्ताव पनि पठाइरहेका छन् । ‘जबराको एउटै धारणा छैन । व्यक्तिपिच्छे फरक कुरा छन् । उनले जे गर्छु भने पनि हामीलाई पटक्कै विश्वास छैन । नैतिक रूपमा पनि अब पछि हट्ने अवस्था छैन,’ ती न्यायाधीशले भने । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस