डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गरिने

सफल खबर संवाददाता

बुधबार, १७ कार्तिक २०७८, २० : ०१
डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गरिने

काठमाडौँ । कार्यबहाक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरोले ठूलो जनधनको क्षति पु–याएको सुदूरपश्चिमका डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका छन् ।

बुधबार हेलिकप्टरमार्फत् ती जिल्लाहरुको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेपछि उनले बझाङमा आयोजित एक कार्यक्रममा विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका हुन् ।  

कार्यबहाक प्रधानमन्त्री खाँणले बाढीपहिरो प्रभावित पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथरलगायतका प्रभावित जिल्लालाई पनि विपदग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्था रहेको बताए । उनले पीडितहरुलाई राहत दिने, घाइतेहरुको उपचारको व्यवस्था गर्ने र हराइरहेकाहरुको खोजी गर्ने कार्यलाई सरकारले निरन्तर रुपमा अघि बढाइरहेको पनि स्मरण गराए । 

सरकारले बाढी पहिरोमा परी मृतक भएकाहरुलाई १ लाख, हराइरहेकाका परिवारलाई २ लाख र घाइतेहरुको उपचारको व्यवस्था सरकारले गरिरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस