भरतपुरमा आज पनि विद्युत् सेवा अवरुद्ध हुने

सफल खबर संवाददाता

बुधबार, १७ कार्तिक २०७८, १३ : ०६
भरतपुरमा आज पनि विद्युत् सेवा अवरुद्ध हुने

चितवन । भरतपुरमा हिजो (मंगलबार) देखि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । मंगलबार दिउँसो १ बजेदेखि अवरुद्ध भएको विद्युत सेवा आज बेलुकासम्ममा मात्रै संचालन हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणले एक सुचना जारी गर्दै आज बेलुका सम्म सबै फिडर (औद्योगिक बाहेक) संचालन हुने प्राबिधिक अनुमान रहेको जनाएको छ।  प्राधिकरणका अनुसार अहिले भरतपुर १३२ /११ के भि सबस्टेसनमा मौज्दात रहेको २२ एम बि ए ट्रान्सर्फमर जडान कार्य भइरहेको जनाएको छ। अर्को ३० एम भि ए ट्रान्सर्फमर पोखरा बाट ल्याउने प्रक्रियामा रहेको भन्दै दुबै जडान भए पछि मात्र पुर्बवत अबस्थामा हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस