प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा धर्ना, महिला वकिलहरुहरु अग्रपंक्तिमा सहभागी

सफल खबर संवाददाता

बुधबार, १७ कार्तिक २०७८, १२ : २०
प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा धर्ना, महिला वकिलहरुहरु अग्रपंक्तिमा सहभागी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सर्वोच्च अदालतमा वकिलहरु धर्नामा बसेका छन् । उक्त धर्नामा महिला वकिलहरू अग्रपंक्तिमा सहभागी भएका छन् । 

सर्वोच्च अदालतको प्रांगणमा हातमा कालो पट्टी बाँधेर महिला कानुन व्यवसायी अघिल्लो पंक्तिमा रहेर विरोध गरेका हुन् । अरु कानुन व्यवसायी र बारका अधिकारी भने पछाडि छन् ।

नेपाल बारकी उपाध्यक्ष रक्षा बस्याललगायत महिला कानुन व्यवसायीले विरोधको अगुवाइ गरिरहेका छन् । हातमा कालो पट्टी बाँधेर गर्ने नेपाल बारको विरोधको पहिलो चरणको आन्दोलन आज अन्तिम दिन हो ।

 आइतबारदेखि सुरु भएको कालो पट्टी विरोधको आन्दोलन सकिएपछि तिहारपछि अर्को आन्दोलन घोषणा गर्ने बारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस