काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सर्वोच्च अदालतमा वकिलहरु धर्नामा बसेका छन् । उक्त धर्नामा महिला वकिलहरू अग्रपंक्तिमा सहभागी भएका छन् ।
सर्वोच्च अदालतको प्रांगणमा हातमा कालो पट्टी बाँधेर महिला कानुन व्यवसायी अघिल्लो पंक्तिमा रहेर विरोध गरेका हुन् । अरु कानुन व्यवसायी र बारका अधिकारी भने पछाडि छन् ।
नेपाल बारकी उपाध्यक्ष रक्षा बस्याललगायत महिला कानुन व्यवसायीले विरोधको अगुवाइ गरिरहेका छन् । हातमा कालो पट्टी बाँधेर गर्ने नेपाल बारको विरोधको पहिलो चरणको आन्दोलन आज अन्तिम दिन हो ।
आइतबारदेखि सुरु भएको कालो पट्टी विरोधको आन्दोलन सकिएपछि तिहारपछि अर्को आन्दोलन घोषणा गर्ने बारले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ कार्तिक २०७८, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन
प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपाको प्रश्न–"अदालतबाट बिचौलिया कहिले अन्त्य हुन्छन् ?"
प्रस्तावित प्रधानन्यायाधीशमाथिको संसदीय सुनुवाइ आजदेखि
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान
को हुन् प्रधानन्यायाधीश सिफारिस भएका शर्मा ?
प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै