किमाथाङ्का । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुत बनाउने बताएका छन् ।
खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए ।
नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथाङ्का अरुण निर्माण गर्न लागिएको सो अवसरमा उनले जानकारी दिए । “अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दैछ”, मन्त्री शर्माले भने । व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने उनले प्रतिबद्धता जनाए ।
अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको मन्त्री शर्माको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ कार्तिक २०७८, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने