काठमाडौं । सर्वोच्च अदालतमा देखिएको पछिल्लो विवादलाई लिएर सत्तारुढ नेपाली कांग्रेस पक्ष र विपक्षमा विभाजित भएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष न्यायालयमा देखिएको विवादको समाधान त्यहींबाट खोजिनुपर्ने पक्षमा देखिएको छ।
संस्थापन इतर समूहका नेताहरू भने सर्वोच्च अदालतसहित न्यायपालिकामा देखिएको समस्याको निकास प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दिनुपर्ने पक्षमा उभिएका छन्। कांग्रेस संस्थापन इतर नेताहरू अहिलेको समस्याको जड नै प्रधानन्यायाधीश भएको भन्दै उनले पदबाट राजीनामा गरेर निकास दिनुपर्ने पक्षमा देखिएका हुन्।
सरकार र सत्तासीन राजनीतिक दलले न्यायालयको विवादमा हात हाल्न नहुने भन्दै प्रधानन्यायाधीशसहित न्यायाधीशहरूले संवैधानिक दायरा उल्लंघन गरेमात्र संसद् र राजनीतिक दलहरूको हस्तक्षेप एवं भूमिका रहने बताउँदै आएका बेला सरकारकै नेतृत्व गरेको कांग्रेसका नेता रामचन्द्र पौडेलले समस्याको निकासका लागि प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ कार्तिक २०७८, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डेढ वर्षअघि टुंगिएको विषयवस्तुसँग सम्बन्धित रिट निवेदन संवैधानिक इजलासमा
गभर्नरको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’मा
थुनामा रहेका ४ भुटानीलाई देश निकाला नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर
सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट
भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै प्रदर्शन