प्रधानन्यायाधीश र वार्ता टोलीबीच विश्वासको संकट

पत्रपत्रिकाबाट

बुधबार, १७ कार्तिक २०७८, ०७ : १६
प्रधानन्यायाधीश र वार्ता टोलीबीच विश्वासको संकट

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र असन्तुष्ट न्यायाधीशका तर्फबाट गठित वार्ता टोलीबीच विश्वासको संकट बढेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र डा मनोजकुमार शर्मासँगको छलफलमा प्रधानन्यायाधीश जबराले केही महिनामा अदालतमै रहेर सम्मानजनक बहिर्गमन हुने प्रस्ताव गरेका थिए । 

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब पदबाट राजीनामा नै सम्मपूर्ण बहिर्गमन हुने बताए । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै असन्तुष्ट न्यायाधीशहरुले निरन्तर इजलास बहिस्कार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस