अनूदित कथा : दयाको मूल्य

विहीबार, १३ बैशाख २०७५, १३ : ३७
अनूदित कथा : दयाको मूल्य
होवार्ड एटउड केली

एक बालक आफ्नो दैनिकी गुजारा गर्न र बिद्यालयका निम्ति खर्च जुटाउन घर घरमा समान बेच्दै हिड्ने काम गर्थे | सानो लगानीमा सामान किनेर दुखका साथ बेचेर हिड्नु पर्ने उनलाई खास नाफा हुदैन थियो | अलिअलि कमाएको नाफा बाट उनले खानेकुरा किनेर खाने गर्दथे |

एक दिन उनको व्यापार त्यति राम्रो भएन, गोजीमा पैसा पनि थिएन | उनि असाध्यै भोकाए | भोक लागे पनि उनले खानेकुरा मागेर खाने आँट गरेनन् | जब उनि भोकले कमजोर हुँदै गए अनि एउटा घरको ढोकामा उभिए | एक युवतीले ढोका खोलिन् | उसले ती युवतीलाई देख्ने बित्तिकै पिउने पानी मागे | युवतीले बालक भोकएको र निन्याउरो देखे पछि पानीको सट्टामा ठुलो गिलास भरि दुध ल्याएर दिईन् |

बालकले निकै बेर लगाएर दुध पियो | अनि युवतीलाई सोध्यो ” मलाई यो दुधले कति ऋण लगायो ?”

युवतीले जवाफ दिईन् ” तिमीलाई कुनै ऋण लागेको छैन | आमाले हामीलाई दया गरेर कसैलाई दिएको कुराको पैसा लिन नहुने कुरा सिकाउनु भएको छ | ”

बालकले भन्यो ” उसो भए तपाईलाई हृदय देखि नै धन्यवाद , म निकै भोकाएको थिएँ |”

बालक फुर्तिलो हुदै त्यो घरबाट हिड्यो | जीवन देखिनै हार खाइ सकेको उसले त्यो घटना पछि आफ्नो भाग्य र भगवान प्रतिको भरोसालाई अझ बढि विस्वास गरिरह्यो |

त्यो घटनाको बर्षौं पछि ती युवती उमेरले पाको भैसकेकि थिईन् | एक दिन उनि नराम्रो बिरामी परिन् | स्थानीय डाक्टरले उनको रोग जटिल भएकोले सहरको अस्पतालमा उपचार गर्न जान सुझाए | उनलाई एक जना बिशेषज्ञको जान भनियो | ति बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा.होवार्ड केली थिए | जब उनले बिरामी महिलाको ठेगाना र नाम पढे उनि आश्चर्य चकित हुदै आफ्नो ठाउबाट जुरुक्क उठे अनि सरासर ति बिरामी महिला राखिएको कोठामा पुगे |

उनले आफ्नो डाक्टरी पोशाक (गाउन) लगाए, महिलालाई हेरे अनि आफ्नै कार्य कक्षमा फर्किए | उनले ति महिलाको केसलाई निकै ध्यानपुर्वक ख्याल गरि नै रहे |

निकै लामो प्रयास पछि डा. केलीले आफ्ना कार्यलयका सहकर्मीलाई ति महिलाको उपचारको बिल अनुमोदन गर्न आफु कहाँ पठाउन भने | उनले बिल हेरे अनि बिलको किनारमा केहि हरफ लेखे अनि महिलाको कोठामा बिला फिर्ता लगिदिन भने |

महिलाले बिलमा अवश्य पनि निकै रकम उठेको हुनु पर्छ भन्ने डरले निराश थिईन् | उनले पट्याइएको बिलबिस्तारै खोलिन् | बिलको किनारमा उल्लेख गरिएको थियो ” पेड इन् फुल विथ वान ग्लास अफ मिल्क ” अनि त्यसको तल डा. होवार्ड केलिको हस्ताक्षर |
ति महिलाका दुवै आँखा आँशुले भरिए |

अनु : इश्वर देवकोटा

============================
(डाक्टर होवार्ड एटउड केली (Howard Atwood Kelly) अमेरिकी बरिष्ठ स्त्रीरोग बिशेषज्ञ ((February 20, 1858 – January 12, 1943) हुन् l उनको प्रयोगशाला अध्ययन र बिज्ञताले महिलाका मात्र रोगलाई छुट्टै शल्यक्रिया र उपचार पद्दति अपनाइनु पर्नेकुरा अघि सार्यो l जसको परिणाम स्वरूप स्त्रीरोग न्यूनीकरण र रोकथाम गर्न गाइनोकोलोजी को विकास भयो l उनि चिकित्षा बिज्ञानमा गाइनोकोलोजी अध्यापन गराउने पहिलो प्राध्यापक हुन् l)

प्रतिक्रिया दिनुहोस