सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक सोमबार ५ बजे बस्ने भएको छ । गत ३ वैशाखमा विश्वासको मत लिँदा कांग्रेससँग ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहमति गरेका थिए । सोही सहमतिअनुसार राजीनामा आउन सक्ने स्रोत बताएको छ ।
मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भीमप्रसाद शर्माले कांग्रेसले सहमति कार्यान्वयन गर्न जोड दिएको र केन्द्रीय सत्ता गठनबन्धनको कुनै निर्देशन नआएको अहिले एकिन भन्न नसकिने बताए ।
कर्णाली प्रदेश सरकारको आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्ने र मुख्यमन्त्री शाहीको राजीनामा आउन सक्ने स्रोतले जानकारी दिएको छ । कांग्रेसबाट जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने चर्चा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ कार्तिक २०७८, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको अदुवा–बेसार विदेशी बजारमा रोजाइ
कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य
कर्णालीका हिमालमा लेक लागेर ज्यान गुमाउनेको संख्या बढ्दै
कर्णालीका कृषिमन्त्रीले गरे कार्यसम्पादन सम्झौता
कर्णाली प्रदेश सभा बैठक बस्दै, कस्तो छ दलहरूको तयारी ?
प्रधानमन्त्रीद्वारा कर्णालीका नेतासँग आगामी बजेटबारे छलफल