कोरोना अपडेट : थप ४०८ जनामा संक्रमण, ८ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १४ कार्तिक २०७८, १६ : २२
कोरोना अपडेट : थप ४०८ जनामा संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३१ पीसीआर परीक्षणमा ३७६ जना र २,१६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।