एकीकृत समाजवादी खोटाङको अध्यक्षमा राई

सफल खबर संवाददाता

आइतबार, १४ कार्तिक २०७८, १५ : ०४
एकीकृत समाजवादी खोटाङको अध्यक्षमा राई

खोटाङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी खोटाङको अध्यक्षमा जलशेर राई चयन भएका छन् ।

एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादी जिल्ला कमिटिका अध्यक्ष बबी चाम्लिङ केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बनेपछि राईलाई जिल्ला कमिटी अध्यक्ष चयन गरिएको हो ।

१२ कात्तिकमा बसेको पार्टी जिल्ला कमिटीको बैठकले उनलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि राई जिल्ला सचिव थिए ।

एकीकृत समाजवादीको ६६ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा बमबहादुर खत्री, अकिलकुमार राई, नरेशकुमार राई, सचिवमा राजन आचार्य, उप-सचिवमा मनिषा राई, किशोर आचार्य, कृष्णचन्द्र श्रेष्ठ, माइतीराज राई र सुमन राई तथा कोषाध्यक्षमा एन्टी शेर्पा चयन भएका छन् । 

बैठकले नेता विष्णु दाहाल, कृष्ण श्रेष्ठ, पञ्चकुमार राई, दिपक कार्की, कुमार राई लगायतका २३ सदस्यीय सचिवालय सदस्य बनाएको आइतबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष राईले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस