सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट ६५० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ सुकुमबासी टोलका १८ वर्षीय गणेश बि.सी, सोही नगरपालिका–२ जयपुर बस्ने २७ वर्षका दीपेन्द्र रोकाया (दुर्गे) र २३ वर्षीय बखत विक रहेका छन् ।
उनीहरूको साथबाट ६५० मिलिग्राम ब्राउन सुगरसहित ४ हजार ४८० रुपैयाँ नगद समेत बरामद गरिएको छ ।
लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ कार्तिक २०७८, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरेको आरोपमा २ युवक पक्राउ
ठमेलबाट नौ विदेशी नागरिक पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ