कहिल्यै पनि कोभिड–१९ को सुरुआत कहाँबाट भयो भन्ने पत्ता लगाउन नसकिने

पत्रपत्रिकाबाट

आइतबार, १४ कार्तिक २०७८, ०७ : ४७
कहिल्यै पनि कोभिड–१९ को सुरुआत कहाँबाट भयो भन्ने पत्ता लगाउन नसकिने

काठमाडौँ । अमेरिकी गुप्तचर निकायहरूले आफूहरूले सम्भवतः कहिल्यै पनि कोभिड–१९ को सुरुआत कहाँबाट भयो भन्ने पत्ता लगाउन नसकिने जनाएका छन् ।

तर, तिनीहरूले कोरोना भाइरसलाई जैविक हतियारका रूपमा भने सिर्जना नगरेको निष्कर्ष निकालेका छन् । अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशनालय (ओडीएनआई ) को कार्यालयले सो भाइरससम्बन्धी अनुसन्धानको पछिल्लो प्रतिवेदनमा जनावरबाट मानिसमा भाइरस सरेको र कुनै प्रयोगशालाबाट यो चुहिएको हुनुपर्ने सम्भावित अनुमान भएको बताएको छ । तर, ओडीएनआईले यी कुरालाई यकिनै गर्ने निश्चित प्रमाण र आधार नरहेको बताएको छ ।

चीनले भने यस अमेरिकी प्रतिवेदनको आलोचना गरेको छ । यो प्रतिवेदन गत अगस्टमा अमेरिकी राष्ट्रपति जो बाइडेन सरकारले गरेको नब्बे दिने पुनरावलोकनको अद्यावधिक हो ।

अमेरिकी गुप्तचर समुदाय नै कोरोना भाइरसको उत्पत्तिबारे विभाजित मनस्थितिमा रहेको बताइएको छ । तर, एउटा गुप्तचर निकायले सम्भवतः चीनको उहान इन्स्टिच्युट अफ भाइरोलोजीमा  कुनै दुर्घटनाका कारण मानिसमा कोरोना संक्रमण भएको हुनसक्नेबारे आफूलाई थोरै विश्वास भएको दाबी गरेको छ । नेपाल समाचारपत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस