काठमाडौँ । सरकारले अफगानिस्तानमा थप ३२ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ ।
शनिबार बिहान अफगानिस्तानबाट ३२ जना नेपाली नागरिकहरुलाई उद्धार स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी दिए । योसँगै अफगानिस्तानमा अब उद्धारका लागि कुनै पनि नेपाली नागरिकहरु नरहेको परराष्ट्र मन्त्रालयको दाबी छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्धारको पर्खाईमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरु अव नरहेको बताए । उनले भने, ‘आज ३२ जना नेपाली आउनु भएको छ । यस पछि अव चाहिँ उद्धारको पर्खाईमा रहेका नेपालीहरुको संख्या समाप्त भएको छ ।’
परराष्ट्र मन्त्रालयका अनुसार तालिबानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाईमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यस अघि नै उद्धार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ कार्तिक २०७८, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने