काठमाडौं । लागु औषधका रुपमा प्रयोग हुने नेट्राभेट १० सहित कञ्चनपुरको पुर्नवास–११ डोकेबजारबाट प्रहरीले आज साँझ एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का अन्दाजी वर्ष २० का राहुल बाल्मिकी रहेका छन् ।
नेपाल भारत सीमा क्षेत्र डोकेबजारमा पैदल हिड्दै गरेका बाल्मिकी माथि शङ्का लागि जाँच गर्दा उनको साथबाट प्रहरीले लागु औषध नेट्राभेट दश १०५ ट्यावलेट फेला पारेको छ । बाल्मिकीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । बाल्मिकीले भारतबाट लागु औषध ल्याएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १२ कार्तिक २०७८, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ