काठमाडौं । लागु औषधका रुपमा प्रयोग हुने नेट्राभेट १० सहित कञ्चनपुरको पुर्नवास–११ डोकेबजारबाट प्रहरीले आज साँझ एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का अन्दाजी वर्ष २० का राहुल बाल्मिकी रहेका छन् ।
नेपाल भारत सीमा क्षेत्र डोकेबजारमा पैदल हिड्दै गरेका बाल्मिकी माथि शङ्का लागि जाँच गर्दा उनको साथबाट प्रहरीले लागु औषध नेट्राभेट दश १०५ ट्यावलेट फेला पारेको छ । बाल्मिकीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । बाल्मिकीले भारतबाट लागु औषध ल्याएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १२ कार्तिक २०७८, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ