काठमाडौं । नेकपा एमालेले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव शेरबहादुर तामाङले शुक्रबार विहान ११ बजे बैठक बोलाइएको जानकारी दिए । बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुने छ ।
यस्तै विहीबार बसेको स्थायी कमिटी बैठकले गरेका निर्णय आज बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने उनको भनाइ छ । स्थायी कमिटी बैठकले दसौँ राष्ट्रिय महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ कार्तिक २०७८, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने
एमाले केन्द्रीय कमिटी बैठक सर्यो
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
एमाले केन्द्रीय कमिटी बैठकमा ४२ जनाले राखे धारणा
नेकपा एसको केन्द्रीय कमिटी बैठक स्थगित